गृहसचिव हेरफेर, नयाँ गृहसचिवमा भट्टराई


 


काठमाडौं । भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरण उत्कर्षमा पुगेका बेला सरकारले गृहसचिव हेरफेर गरेको छ ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई नयाँ गृहसचिवको जिम्मेवारी दिएको हो ।

सरकारले हाल गृहसचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ ।

भट्टराई कोशी प्रदेशको प्रमुख सचिवको रुपमा एक वर्ष र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयमा थिए ।

प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्