गण्डकीमा माओवादीले टुंग्यायो मन्त्रीको नाम


 


पोखरा, वैशाख २८
नेकपा माओवादी केन्द्रको बिहीबार बसेको संसदीय दलको बैठकले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ ।

गठबन्धनमा भएको सहमतिअनुसार दुई मन्त्रालय पाएको माओवादीले म्याग्दीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीमा पठाउने भएको छ।

जुग्जाली म्याग्दीको प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित भएका थिए। माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य सुशीला सिम्खडा यसअघि नै बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त भइसकेका छन् ।

नेकपा माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक रहेका जुग्जाली अघिल्लो सरकारका बेला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए ।

माओवादीका प्रदेश सांसद कुसुम बुढाका अनुसार सरकारले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको छ ।

प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्