भोजपुरकी कान्छीलाई अर्को सफलता


 


pratibha-shresthaभाेजपुर जेठ २७

अग्ला र बलिया प्रतियोगीहरुसँग प्रतिस्पर्धा गरेकी उनले पूर्वाञ्चल क्षेत्रिय राष्ट्रपति रनिङ विद्यालय खेलकुद प्रतियोगितामा पनि अाफुलाई अब्बल सावित गरिन । भाग लिएका दुई वटा प्रतियोगितमा उनलाई सफलता हात लागेको हो ।

एक सय मिटर दाैडमा रजत पदक र दुई सय मिटर दौडमा कास्य पदक भित्राउन उनि सफल भइन । भोजपुर दिङ्लाकी श्रेष्ठ उमेरले १४ बर्ष मात्र लाग्दैछिन् । कक्षा ९ मा अध्ययनरत उनि शारिरीक हिसाबमा सानी देखिए पनि खेलकुद क्षेत्रमा उनको नाम उच्च छ ।

विगत दुई बर्षदेखी राष्ट्रपति रनिङ सिल्डमा भाग लिन थालेकी उनले अहिलेसम्म दोस्रो हुनु परेको छैन् । अरुण उच्च माविकी  यी छात्राले यो पटक जिल्लामा पनि आफ्नो नाममा रेकर्ड राखेकी थिइन, चार वटा प्रतियोगितामा प्रथम भएर ।

जम्मा उनले भाग लिएका चार विधामै प्रथम भएर सर्वात्कृष्ट खेलाडीको उपाधि हात पारेकी थिइन् । उनले सय मिटर, दुई सय मिटर, र रिले चार सय मिटर दौडमा प्रथम भईन् । र, उनले भाग लिएको लङजम्पमा पनि सबै प्रतिस्पर्धीलाई पछाडी पार्दे चारवटा मेडल गलामा लाउन सफल भएकी थिइन् ।

प्रकाशित मिति: २७ जेष्ठ २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्