Deshko News
६ आश्विन २०८०, शनिबार

अनुदानको रकम आगलागी



poisaकाठमाण्डौ , मंसिर १

दोलखा सदरमुकाम चरिकोटका भीमबहादुर तामाङ यतिबेला ठुलो संकटमा परेका छन ।डडेको पैसाको पोको बोकेर ७४ बर्षीय भीमबहादुर तामाङ दोलखा चरिकोटमा भौंतारिरहेका हुन ।

भुकम्पले घर भत्केपछि पाएको अनुदान रकम आगलागिमा जलेपछि उन्को यस्तो हाल भएको हो ।

डढेको नोट साट्न उन्ले चरिकोटका सबै बैंक धाइसकेका छन । तर कतै बाट पनि नसाटिएपछि तामाङलाइ तनाब भएको छ ।

घर बनाउन ज्यामी गरेर जोगाएको ६७ हजार र सरकारले दिएको ५० हजार नास भएको उनको भनाई रहेको छ । लापिलाङ ९ का भीमबहादुरको कार्तिक १९ गते दिउँसो कटेरोमा आगलागि भएको थियो ।

उन्ले ट्याङकाभित्र ज्याकेटको खल्तीमा ६७ हजार रखेको बताउँछन । साथै अनुदानको ५० हजार ज्वारिकोटको गोजिमा राखेका थिए ।

आगोले पग्लने ज्याकेट भएकाले ६७ हजार भने पुरै जलेर नस्ट भएको थियो । कोटको ५० हजारपनि काम नलाग्ने गरि डढेको उन्को भनाई रहेको छ ।

प्रकाशित मिति: १ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News