कांग्रेसले किन गरेन खाँणलाई कारबाही ? यस्तो भन्छन् प्रवक्ता महत


 


काठमाडौं, जेठ २ । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्रीसमेत रहेका प्रकाशशरण महतले पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफूलाई निर्दोष सावित गर्छु भनेपछि पार्टीले कारबाही नगरेको बताएका छन् ।

अर्थमन्त्री महतले खाँणले पार्टीमा आफू निर्दोष रहेको सावित गर्ने जवाफ दिएको बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोहीपनि नउम्किउन भनेर कांग्रेस सचेत रहेको उनको भनाई छ ।

यस विषयको अनुसन्धान कसैको दवाव र प्रभावमा नपरी निष्पक्ष हुनुपर्ने उनको माग छ । यस प्रकरणमा पूर्णरुपमा सहयोग गर्न कांग्रेस तयार रहेकोसमेत बताए ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्