प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, यस्तो भयो छलफल


 


काठमाडौं, कात्तिक १
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

व्यवस्थापिका संसद भवन नयाँबानेश्वरमा बुधबार भएको भेटमा दुबै जनाबीच संविधान संशोधनका विषयमा छलफल भएको छ ।

भेटपछि प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँग छलफल सकारात्मक रहेको भन्दै उनले भने, ‘एमालेका अध्यक्ष ओलीजीसित संविधान संशोधनको विषयमा सकारात्मक रुपमा कुराकानी भयो, उहाँ यस विषयमा सकारात्मक देखिनुभएको छ ।’

मधेसी मोर्चाले संविधान संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गर्न १५ दिनको ‘अल्टिमेटम’ दिएपछि सो विषयमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले सत्तारुढ र प्रतिपक्षीसँग छलफल तीव्र बनाएका छन् ।

प्रकाशित मिति: १ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्