सगरमाथा आरोहणमा कामीरिताले फेरि राखे कीर्तिमान


 


काठमाडौं, जेठ ९ । नेपाली सगरमाथा आरोही कामीरिता शेर्पाले फेरि अर्को कीर्तिमान राखेका छन् । उनले २८औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान राखेका हुन् ।

यसअघि उनीसँगै पासाङदावा सेर्पाले २७औं पटक सगरमाथा आरोहण गरेका थिए । पासाङदावाले सोमबार मात्रै २७औँ पटक सगरमाथा चढेर कामीरितासँगको कीर्तिमान बराबरी गरेका थिए ।

पासाङदावाले कीर्तिमान बराबर गरेको दोस्रो दिन नै कामीरिताले आज (मंगलबार) बिहान फेरि नयाँ कीर्तिमान कायम गरेका हुन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्