प्रचण्ड सरकार ढल्ने संकेत, सरकारलार्इ दिएकाे समर्थन फिर्ता


 


काठमाडाैं, मंसिर १

राष्ट्रिय जनमुक्ति पार्टीले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ९ दलिय मोर्चाबाट बाहिरिएसँगै सरकारलाई दिएको सर्मथन फिर्ता लिएको जानकारी गराएको हो ।

राष्ट्रिय मुद्धा लिएर निरन्तर जनताकोबीचमा उभिने पार्टीका मागहरूलाई बुझ्ने समय प्रधानमन्त्रीसँग नभएको र नदिएको भन्दै पार्टीका अध्यक्ष खड्क प्रसाद पालुङ्गाले कडा आपत्ति प्रटक गरे । उनले भने,“नौं दलीय मोर्चासँग हाम्रो बिचार मिलेन, त्यसैले हामी गठबन्धनबाट बाहिरिएका हौं, जनतासँग जोडिएका हरेक विषय संविधानमा नसमेटिएको कारण हामीले बिरोध गर्‍र्यौ, नौं दलीय मोर्चाका मागहरू सम्बोधन गराउनको लागि कुनै ठोस कदम नचालेको परिस्थितिमा गठबन्धन र सरकारलाई दिएको समर्थन फिर्ता लिएर सडकमा शान्तिपूर्ण तरिकाले आन्दोलन गर्नेमा पुगेका छौं ।”

पालुङ्गाले अघि थपे “संविधानमा आउनुपर्ने बिषयहरू आएनन् अधिकाशं जनताले यो संविधान स्विकार गरेका छैनन्, सभामुखलाई ज्ञापनपत्र बुझाएका छौँ, संविधान संशोधनको कुरा चलेको छ, हाम्रा २६ बेँदे माँगहरू समावेस नगरिए तेस्रो जनआन्दोलन गर्ने हाम्रो आन्तरिक योजना छ ।”

पालुङ्गाले भ्रष्टाचारीलाई छुटदिदा जनतामा नैरास्यता छाएको भन्दै यस्ता गलत गतिविधि पूर्णरुपमा निरुत्साहित गर्नुपर्ने बताए । संघीयताको मुलमर्म अवशिष्टअधिकार प्रदेशमा हुनुपर्ने, बेरोजगारलाई भत्ताको व्यबस्था गर्नुपर्ने, आदिवासी, दलित, मधेशीलगायतका महिलाहरूको पहिचान हुने गरि संवैधानिक व्यबस्था गरिनु पर्ने लगायता २६ बेँदे मागहरू अघि सारेको छ ।

प्रकाशित मिति: १ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्