ओलीले दिँदैछन् जनसंगठनका पदाधिकारीलाई यस्तो निर्देशन, बोलाए भेला


 


काठमाडौं, जेठ ९ । नेकपा एमालेले पार्टी निकट जनसंगठनका पदाधिकारीहरुको भेला बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा भेला बोलाएको हो ।

दिउँसो १ बजे सबै जनसंगठनका पदाधिकारीलाई च्यासल बोलाइएको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले बताए । उनकाका अनुसार, एमालेले शुरु गर्न लागेको एक वर्षे अभियानबारे जानकारी दिन भेला बोलाइएको हो ।

‘पार्टी महासचिवले एक वर्षे अभियानबारे जानकारी र राजनीतिक निर्देशन दिने कार्यक्रम रहेको ढकालले बताए । २३ वटै जनसंगठनको अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भइसकेकाले पनि प्रशिक्षणात्मक भेला राखिएको उनले बताए ।

पार्टी सुदृढीकरणका लागि एमालेले यसअघि मिसन ग्रासरुट सम्पन्न गरिसकेको छ । मिसन ग्रासरुटबाट आएको सुझावका आधारमा एमालेले फेरि एक वर्षे अभियान थालनी गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्