स्विजरल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ


 


काठमाडौं, जेठ ९ । वैदेशिक रोजगारीका लागि स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–४ घर भई हाल बाँके कोहलपुर नगरपालिका–११ दशबिगा बस्ने ४६ वर्षीया पार्वती थापालाई प्रहरीले पक्राउ गरेको हो ।

थापाले स्विजरल्याण्डमा प्याकिङको काम मासिक १ लाख रूपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ७ लाख २० हजार रूपैयाँ रकम ठगी गरेको आरोप छ ।

थापाले ठगी गरेको वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्