दाङमा वृद्धालाई कुटपिट गरी लुटपाट, दोषी पत्ता लगाउन कुकुर परिचालन
दाङ, जेठ ११ । दाङमा अज्ञात व्यक्तिले एक वृद्धालाई कुटपिट गरेर छुटपाट गरेको छ । अज्ञात व्यक्तिले हितयार प्रहार गर्दा घोराही उपमहानगरपालिका–१३ सेवार बासबोटस्थित ६२ वर्षीया राखीमाया रोका घाइते भएकी छन् । उनीमाथि बुधवार घरमै आक्रमण भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते रोकाको भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए ।
उनका अनुसार बुधबार दिउँसो करिब ४ बजे अन्धाजी ३० वर्षको व्यक्तिले घरभित्र आएर रोकामाथि कुटो तथा चुलेसीले टाउँसहित शरीरका विभिन्न भागमा प्रहार गरेको छ ।
ती व्यक्तिले रोकाको ढाई तोलाको सुनको सिक्री र मोबाइल फोनसमेत लुटपाट गरी फरार भएको एसपी वलीले बताए । घाइते रोका आफ्नी माइली छोरीसँग घरमा बस्दै आएकी थिइन् । घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरीबाट कुकुर ल्याएर परिचालन गरिएको एसपी वलीले जानकारी दिए ।