प्रेमिकाको हत्यापछि प्रेमीले गरे आत्महत्याको प्रयास



संखुवासभा, जेठ १२
संखुवासभामा प्रेमिकाको हत्या गरी प्रेमीले पनि आत्महत्याको प्रयास गरेका छन् । जिल्लाको खाँदबारी–१ घिमिरे गाउँमा प्रेमीले आफूलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार खाँदबारीमा डेरा गरी बस्दै आएकी युना दर्नाललाई शुक्रबार बिहान सभापोखरी गाउँपालिका १ का नन्दराम गदालले हत्या गरका छन् । उनले आफ्नै पेटमा पनि खुकुरी प्रहार गरेर गम्भीरर घाइते भएका हुन् ।

सभापोखरी-१ का मृतक दर्नाल खाँदबारीमा डेरामा बस्दै आएकी थिइन् । दर्नानलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते गदालको जिल्ला अस्तपाल खाँदबारीमा उपचार भइरहेको छ ।

घाइते २१ वर्षीय गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ। घटनाको थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News