Deshko News
१८ आश्विन २०८०, बिहिबार

बालेनप्रति इङ्गित दीपकराजको कटाक्ष : भुईंको टिप्न नखोजौं, भएकोलाई जोगाऔं



काठमाडौं, जेठ २५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा झुण्डाएपछि यसले सामाजिक सञ्जालमा चर्चापरिचर्चा सुरु भएको छ ।

ग्रेटर नेपालको नक्सा सेयर गर्दै अभिनेता दीपकराज गिरीले बालेन र अन्य नेतालाई कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘अहिलेको सानो नेपाल त राम्रोसँग चलाउन नसकेर यो गति छ । यति ठूलो भा भए के गर्थे होलान् ? भुईंको टिप्न नखोजौं, भएकोलाई जोगाऔं ।’

नाम नलेखेपनि उनको यो कटाक्ष बालेनतर्फ अंगित देखिन्छ । दिपकराज देशको समसामयिक विषयमा बेला–बेला आफ्नो धारणा सामाजिक सञ्जालमा राख्दै आएका छन् ।

प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News