पशुपति शर्माले फेरि ल्याए नेतालाई खबरदारी गर्दै अर्को गीत


 


काठमाडौं, जेठ ३० । चर्चित लोकगायक पशुपति शर्माले नेतालाई खबरदारी गर्दै फेरि अर्को जागरुक गीत बजारमा ल्याएका छन् ।

जनतालाई जागरुक गर्न उनले आफ्नै शब्द, संगीत र स्वर रहेको ‘तिम्रा नेता बिग्रिए जाग जनता’बोलको गीत ल्याएका हुन् । गीतमार्फत उनले नेताहरूलाई खबरदारी गर्दै उनले जनतालाई जागरूक हुन आग्रह गरेका हुन् ।

मंगलवार सार्वजनिक यो गीतमा आफूले भोट हालेर जिताएका नेता बिग्रिए देश नै बिग्रिने बताउँदै जनतालाई जागरूक हुन आग्रह गरिएको छ ।

पशुपति स्वयंम गीतको भिडियोमा प्रस्तुत छन् । दुर्गा पौडेलको छायांकन एवं निर्देशन रहेको भिडियोमा प्रकाश धमलाको सम्पादन छ । पशुपतिले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्