फिल्म ‘गणपति’को छायांकन सेटमा आगलागी


 


काठमाडौं, जेठ ३२ । फिल्म ‘गणपति’को छायांकन सेटमा आगलागी भएको छ । बालाजुस्थित चलचित्र विकास संस्थानमा बिहीवार गीतको छायांकनका क्रममा आगलागी भएको हो ।

कविराज गहतराजको कोरियोग्राफीमा अभिनेत्री वर्षा सिवाकोटी र १०० जना कोरसको नृत्य छायांकन भइरहेको समयमा
लोमान बालेर धुवाँ निकाल्न खोज्दा आगलागी भएको जनाइएको छ ।

निर्माण पक्षका अनुसार आगलागीमा मानवीय क्षति भने भएन । कपडाको सेट भने जलेर नष्ट भएको छ ।

आगामी भदौंमा प्रदर्शनमा आउने फिल्मको निर्देशन सविन अधिकारीले गरिरहेका छन् । फिल्ममा मुकुन भुसाल र मेनुका प्रधानको शीर्ष भूमिका छ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्