दिल्लीमा गोली हानेर दुई महिलाको हत्या


 


काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा आइतबार बिहान गोली हानेर दुई जना महिलाको हत्या गरिएको छ।

द इन्डियन एक्प्रेसका अनुसार दक्षिण–पश्चिम दिल्लीको आरके पुरम क्षेत्रमा बिहान सवा चार बजेतिर गोली हानेर ३० वर्षीया पिंकी र २९ वर्षीया ज्योतिको हो।

उनीहरूमाथि गोली चलाउने व्यक्तिको पहिचान हुन बाँकी रहेको र मृतकको शव अस्पतालमा लगिएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

प्रारम्भिक अनुसन्धानमा अपरिचित व्यक्ति पैसा लेनदेनको विषयमा कुरा गर्न मृतकका भाइलाई खोज्दै आएको खुलेको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: ३ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्