उचित मूल्य नपाएको भन्दै किसानले फाले गोलभेँडा


 


काठमाडौँ । किसानले कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेँडा फालेका छन् ।

सरकारले आन्तरिक उत्पादन बढाउने भनेर प्याज र आलु लगायतका तरकारीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइरहँदा किसानले भने लागतअनुसारको बजार भाउ नपाएको विरोधमा गोलभेँडा फालेर विरोध गरेका हुन् ।

जबकि, सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत आन्तरिक उत्पादन बढाउने भन्दै प्याज र आलु लगायतका वस्तुमा भ्याट लगाउने निर्णय गरेको छ । तर, आन्तरिक उत्पादनको सिजनको समयमा गोलभेँडा उत्पादकले लागतअनुसारको मूल्य पाइरहेका छैनन् ।

प्रकाशित मिति: ३ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्