संसदमा आदिपुरुषको प्रसंग : ठाकुर गैरेले भने– सरकार के गर्दैछ ?


 


काठमाडौं, असार ३ । भारतीय चलचित्र आदिपुरुषले दिन खोजेको भ्रमपूर्ण सन्देशको प्रसंग प्रतिनिधिसभामा पनि उठेको छ ।

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले शून्य समयमा बोल्दै भारतले पछिल्लो समय आदिपुरुष सिनेमामार्फत् सीता भारतकी छोरी हुन् भनेर अत्यन्तै भ्रमपूर्ण सन्देश दिन खोजिरहेको उल्लेख गर्दै यसबारे सरकारलाई स्पष्ट हुन पनि आग्रह गरे।

भारतले बुद्धलाई भारतमा जन्मेको भन्ने, कपिलवस्तु र लुम्विनीलाई आफ्नो सदनमा नक्शांकन गरेर र अहिले सीतालाई पनि भारतीय छोरी भनेको भन्दै आपत्ति जनाए । उनले भारतले गलत काम गरिरहेको भन्दै यस विषयमा नेपाल सरकारले के गरिरहेको छ भने प्रश्न गरे ।

आदिपुरुषका लेखकले नेपाल भारतकै अंश हो भनेर अन्तरर्वार्तामार्फत् गलत अभिव्यक्ति पनि दिइराखेको भन्दै यस विषयमा सरकारले चालिरहेको कदमबारे जानकारी मागे ।

‘नेपाल सरकार के गर्दैछ ? के भारत सुगौली सन्धिबाट पछाडि हटेको हो ? उनले सरकारलाई प्रश्न गरे ।

प्रकाशित मिति: ३ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्