भारतीय फिल्म रोकिने भएपछि दीपकराजले दिए बालेनलाई यस्तो सुझाव


 


काठमाडौं, असार ३ । विवादस्पद भारतीय फिल्म ‘आदिपुरूष’का कारण काठमाडौं महानगरमा भारतीय फिल्म चल्न नदिइने भएपछि कलाकार दीपकराज गिरीले त्यसो नगर्न सुझाव दिएका छन् ।

उनले सबै भारतीय फिल्म बन्द गर्दा गलत अर्थ लाग्न सक्ने टिप्पणी गर्दै उक्त विवादस्पद फिल्म मात्रै बन्द गर्न सुझाव दिएका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भोलि (सोमबार)देखि महानगरभित्र भारतीय चलचित्र ‘आदिपुरुष’सहित भारतीय चलनचित्र चल्न नदिने निर्देशन दिएलगत्तै कलाकार गिरीले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘समस्या आदिपुरूषले निकालेको हो त्यसैले आदिपुरुष मात्रै बन्द गरौं । उताबाट आउने सबै फ़िल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि ? उताबाट त धेरै कुरा आउछ ।’

प्रकाशित मिति: ३ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्