काठमाडौं महानगरका हलमा लागेन भारतीय चलचित्र ‘आदिपुरुष’


 


काठमाडौं, असार ४ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सोमबारदेखि महानगरभित्रका फिल्म हलमा भारतीय चलचित्र प्रदर्शन गर्न नदिने घोषणा गरेपछि आज (सोमबार) यहाँका कुनैपनि हलमा ‘आदिपुरुष’ लागेको छैन ।

काठमाडौं महानगरका १७ हलमा फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोकिएको हो । चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले आदिपुरुषको विरुद्धको महानगरको अभियानमा साथ दिन फिल्मको प्रदर्शन रोकिएको बताए ।

यसअघि बालेनले आदिपुरुष नामक हिन्दी फिल्ममा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउन ३ दिन समय दिँदा पनि नहटाएको भन्दै उक्त संवाद नहटाएसम्म सोमबारदेखि भारतीय फिल्म चल्न नदिने आइतबार बताएका थिए ।

मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकानै सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिएको छ । काठमाडौँ महानगरका ३२ वडाभित्र १७ वटा फिल्म हल छन् ।

साथै सुरक्षाको कारण देखाउँदै ललितपुर र भक्तपुरका हलहरुमा पनि सो चलचित्रको रिलिज रोकिएको छ ।

प्रकाशित मिति: ४ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्