टेलिभिजन ‘टक शो’ ल्याउँदै कमेडियन हिमेश


 


काठमाडौं, असार ७ । ‘कमेडी च्याम्पियन’ विजेता हिमेश पन्त केही समयमै एक टेलिभिजन ‘टक शो’ ल्याउने तयारीमा छन् ।

उनका अनुसार ‘टक शो’को टेलिभिजन बाहेक सबै कुरो फिम्स भएपनि नाम पनि राख्न बाँकी रहकेो बताएका छन् । ‘स्क्रिप्ट कन्सेफ सबै रेडी छ । नाम र टेलिभिजन जुर्याएर शो छिट्टै ल्याउँछु’ हिमेशले भने ।

हिमेशका अनुसार ‘टक शो’मा युवा राजनीतिक नेता अतिथिको रूपमा सहभागी हुनेछन् भने होस्ट उनी आफैँले गर्नेछन् ।

शोमा राजनीतिक नेता गेस्ट भएपनि राजनीतिक प्रश्न १० प्रतिशत मात्र हुन्छ । ९० प्रतिशत प्रश्न अन्य हुनेछ । ९० प्रतिशत प्रश्न सामाजिक, विभिन्न समस्या र त्यसको समाधानका कुरामा केन्द्रित रहनेछ । हिमेश अहिले राष्ट्रिय स्वतन्त्र पाटीको राजनीतिमा पनि सक्रिय छन् ।

प्रकाशित मिति: ७ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्