झन झन चम्कँदै ‘छक्का पञ्जा’,यस्ता छन् छक्का पञ्जाले गर्न लागेका सामाजिक कामहरु


 


काठमाडौं, मंसिर ९
चलचित्र छक्का पञ्जाबाट भएको आम्दानी सामाजिक कार्यमा लगानी गरिने भएको छ ।

बुधबार छक्का पञ्जा प्रदर्शनमा आएको ७५ औं दिनको अवसर पारेर चलचित्र छक्का पञ्जामा राजाको भुमिका निभाएका कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुक मार्फत छक्का पञ्जाको आम्दानीले गर्न लागेका केही सामाजिक कामहरु सार्वजनिक गरेका छन् ।

कलाकार गिरीले छक्का पञ्जाको आम्दानीबाट ५ गाँउको लागि एउटा एम्बुलेन्स, ६ जना भुकम्प पीडित बालवालिकालाई निशुल्क पढाइने, गायक बुद्धिकृष्ण लगायत बृद्ध कलाकारलाई १ लाख २० हजार सहयोग र मनकामना मन्दिर तथा बूढा सुब्बा मन्दिर जिर्णोद्धारमा २५ -२५ हजार सहयोगको घोषणा गरेका छन् ।

गरिबीका कारण विदेशिनवाध्य आम नेपालीको अवस्था र विदेश गइसकेपछि भएको सामाजिक तथा पारिवारिक विचलन उजागर गरिएको चलचित्र छक्का पञ्जाले विभिन्न रेकर्डहरु कायम गर्दै व्यावसायिक रुपमा पनि सफल भएको छ ।

दीपाश्री निरौलाद्वारा निर्दे्िशत चलचित्र ‘छक्कापञ्जा’मा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल, बुद्धि तामाङ, वर्षा राउत लगायतको भूमिका रहेका छ ।

प्रकाशित मिति: ९ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्