दीपेन्द्र के खनालले पनि बनाउने भए बालेनमा आधारित फिल्म ‘मेयर’


 


काठमाडौं, असार २५ । ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनालले फिल्म ‘मेयर’ बनाउने भएका छन् ।

त्यसका लागि खनालले असार १० गते चलचित्र विकास बोर्डमा ‘मेयर’ शीर्षकमा फिल्म दर्ता गरेका छन् । उनले ‘अहिले स्क्रिप्टमा काम भइरहेको बताए ।

उनले कुनै एउटा मेयर लक्षित फिल्म बन्न लागेको बताए । बताइए अनुसार खनालले बालेनको कथावस्तुमा आधारिक फिल्म बनाउने तयारी गरेका हुन् ।

उनको निर्माण कम्पनी डीएस डिजिटलको ब्यानरभन्दा बाहिरको कम्पनीले यो फिल्म बनाउने तयारी गरेको उनले बताए ।

यसअघि गत महिना राजु गिरीले मेयर बालेनबाट प्रभावित हुँदै ‘मेयर साहेब’ फिल्म निर्माणको घोषणा गरिसकेका छन् । स्क्रिप्टको काम भइरहेको यो फिल्मको छायांकन चाँडै सुरु गर्ने उनले बताएका छन् ।

काठमाडौंका बालेन शाहसहित चर्चामा रहेका केही मेयरहरु यतिबेला चर्चामा छन् । बालेन, हर्क साम्पाङसहितका मेयरहरुले गरेको कामले उनीहरुको चर्चा भइरहेको हो ।

प्रकाशित मिति: २५ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्