सट्टेबाजी आरोपमा पक्राउ परेका कलाकारविरुद्ध मुद्दा दर्ता, ६५ करोड बिगो दाबी


 


काठमाडौं, असार २५ । सट्टेबाजीको आरोपमा पक्राउ परेका कलाकारविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार मरिचमान श्रेष्ठ, राजु पौडेल, दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि मुद्दा दर्ता गरेको हो ।

उनीहरुविरुद्ध वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेवासाइटको प्रचार गरेको आरोप छ । जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाउँदै ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको छ ।

उक्त ऐनको दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजाय माग दाबी गरिएको छ ।

त्यस्तै विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार पनि मुद्दा चलाएको सरकारी वकिल कार्यालयले जनाएको छ । त्यस्तै एकीकृत कसुरबापत थप सजाय पनि माग गरिएको छ । यो प्रकरणमा थप एक जना फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्