Deshko News
८ आश्विन २०८०, सोमबार

तपार्इकाे आइफोन सिक्स एसको ब्याट्रीमा समस्या छ ? चिन्ता नलिनु्स् अब एप्पलले निःशुल्क साटिदिन्छ



i-phone-6-plusएप्पलले आइफोन ६ एसको ब्याट्रीमा समस्या देखिएपछि त्यसलाई निशुल्क प्रतिस्थापन गरिदिने भएको छ । २०१५ को सेप्टेम्बर र अक्टोबरकाबीच उत्पादित आइफोन ६ एसको निःशुल्क मर्मत योजना कम्पनीले सुरु गरेको हो ।

एप्पलले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘धेरै सानो संख्याका आइफोन ६ एसमा अचानक सट डाउन हुने समस्या भेटियो । यदि तपाईंको आइफोन ६ एसमा स्त्रिmन चर्केको वा अरु कुनै क्षति भएको भए ब्याट्री प्रतिस्थापन गर्नुपूर्व त्यसलाई समाधान गर्नुपर्छ ।

कतिपय अवस्थामा मर्मतका लागि पैसा पनि लाग्न सक्छ ।’ ‘तपाईंको आइफोन ६ एस निःशुल्क मर्मत सुविधाका लागि योग्य छ कि छैन भनेर थाहा पाउन कुनै एप्पल स्टोर वा आधिकारिक सर्भिस सेन्टरमा जानुहोस । मोबाइल फोन नेटवर्क स्टोरहरुमा यो सेवा लागू हुनेछैन ।’, बिज्ञप्तिमा उल्लेख छ ।

व्याट्री फेर्नका लागि पैसा तिरिसकेकाहरुको पैसा फिर्ता गरिने पनि कम्पनीको भनाई छ । कम्पनीले हालै मात्र टच स्त्रिmनमा समस्या आएका आइफोन ६ प्लसको मर्मत योजना अघि सारेको थियो । डिस्प्लेमा पातलो खैरो धर्साबाट सुरु भएर पुरै टच स्किनलार्इ बिगारिदिने यो समस्यालाई कम्पनीले १४६.४४ पाउण्ड लिएर बनाइदिने गरेको छ ।

प्रकाशित मिति: १३ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News