राजु मास्टरले फेरि अर्को नयाँ टेलिश्रृंखला ‘लफडा’ ल्याउँदै


 


काठमाडौं, साउन १५ । हास्य कलाकार राजु मास्टर अर्थात राजु पौडेलले नयाँ टेलिश्रृंखला ‘लफडा’ ल्याउने भएका छन् ।

उनले आफ्नै लेखन तथा निर्देशनमा आगामी महिना भदौबाट प्रसारणमा आउने गरि नयाँ टेलिऋंखला ल्याउन लागेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा श्रृंखलाको एक प्रोमो सार्वजनिक गर्दै पौडेलले सिरियलको जानकारी दिएका हुन् । उनले केही समयदेखि रोकिएको श्रृंखला ‘जुठे’ पनि अबदेखि निरन्तर प्रसारणमा आउने जनाएका छन् ।

‘अब भने ‘जुठे’ सँगै कमेडी श्रृंखला ‘लफडा’ पनि आउने भएको छ’, उनले अगाडि लेखेका छन् ‘जुठे’ पहिलेकै झै बुधबार र ‘लफडा’ भदौदेखि आइतबार प्रसारणमा आउनेछ ।’

नयाँ श्रृंखला ‘लफडा’ मा राजु पौडेल, अनिता बस्नेत, कृष्ण शिवाकोटी, कमला रेग्मी, श्री थापा, मुकुन्द मैनाली लगायतको अभिनय देख्न सकिनेछ ।

प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्