भोजपुरमा चट्याङले एक जनाको मृत्यु


 


भोजपुर, जेठ ३१
चट्याङ लागेर भोजपुरमा एक जनाको मृत्यु भएको छ । अाज (आइतबार) विहान १० बजे भूल्के गाविस ९ डाडाँखर्कमा १४ बर्षिया सन्जीता बानियाँको चट्याङले मृत्यु भएको हो । अविरल बर्षासँगै आएको चट्याङले घरमै रहेकी बानिँयाको मृत्यु भएको घटनास्थलबाट सन्तोष बानियाँले जानकारी दिए । चट्याङले घरको ढोका र निदालमा समेत क्षति पुर्याएको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्