दीपकलाई जितासिंह शिक्षा पुरस्कार



jita-puraskar1काठमाडौँ, मंसिर १४

किरात राई रानाहँछा समाज, काठमाडौँको वार्षिक भेला शनिबार राजधानीमा सम्पन्न भएको छ । उक्त अवसरमा देशभरिका सरकारी विद्यालयबाट एसएलसीमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने किरात राई रानाहँछा बंश मध्येका सर्वोत्कृष्ट विद्यार्थी दीपक रानाहँछालाई प्रमाणपत्रसहित १० हजार राशिको जितासिंह शिक्षा पुरस्कार प्रदान गरियो ।

प्रमुख अतिथि अटलशेर राई तथा संस्थाका सल्लाहकार जुक्तिमान राईले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । राईद्वयले पुरष्कृत विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै भने, ‘जीवनमा अझै प्रगति गर्दै जानू, बंशको शान फैलाउनू ।’

jitapur-2मेरिला–१, सिम्पानी, खोटाङका दीपकले आफ्नै गाउँको श्रीकृष्ण माध्यमिक विद्यालयबाट यस वर्षको एसएलसी परीक्षामा ६८.७५ प्रतिशत अङ्क ल्याई उत्तीर्ण गरेका थिए ।

संस्थाका अध्यक्ष चन्द्रकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार मदन राई ‘लामाखुले’, कवि तथा कलाकार चन्द्र रानाहँछा, समाजसेवीहरू जितेन्द्र राई, ध्यानप्रसाद राई, विमला राईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

अक्षय कोष बृद्धिका लागि साउदी अरबमा कार्यरत युवा जोगेन्द्र राईले पनि नगद सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News