रवि लामिछानेले बोलाएको बैठकमा गएनन् हर्क साम्पाङ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ अनुपस्थित भएका छन् ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सोमबार बसेको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको थियो। तर, श्रम संस्कृति पार्टीका तर्फबाट कुनै पनि प्रतिनिधि उपस्थित नभएका हुन् ।
रास्वपा सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै सर्वदलीय बैठक आह्वान गरेका थिए। बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्ष वा सभापतिसहित दुई–दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो।
तर, श्रम संस्कृति पार्टीको अनुपस्थितिसँगै सबै दलहरूको सहभागिता भने सुनिश्चित हुन सकेन । बैठकमा प्रमुख दलका शीर्ष नेताहरु पनि अनुपस्थित रहेका छन् ।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार
















