कर्णाली नदीमा हामफालेर एक बृद्ध बेपत्ता


 


बर्दिया, साउन २४ । बर्दियाको मधुवन नगरपालिका र राजापुर नगरपालिकालाई जोड्ने कर्णाली (गेरुवा) नदीमा अवस्थित पक्की पुलबाट हाम फालेर एकजना बृद्ध बेपत्ता भएका छन् ।

अन्दाजी ६०÷६५ वर्षका एक पुरुष नदीमा हाम फालेको प्रहरीले जनाएको छ । उनको नाम, थर, वतन पहिचान हुन सकेको छैन । नदीमा सुरक्षाकर्मीको टोलीले खोजीकार्य जारी राखेको छ ।

खोजी कार्य गरिरहेको टोलीले नदी तटीय नेपाल– भारत सीमा क्षेत्रमा सक्रियता बढाएको जनाएको छ । ती पुरुष को हुन् र किन हाम फाले भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्