सुनको मूल्य आज पनि घट्यो, कति छ आज ?


 


काठमाडौं, साउन २५ । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो अघिल्लो दिनको तुलनामा एक सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्