ललिता निवास प्रकरणमा माधव नेपाल मुछिएपछि मन्त्री भुसालले पोखे असन्तुष्टि


 


काठमाडौं, साउन २७ । नेकपा एकीकृत समाजवादीका कार्यवाहाक अध्यक्ष डा. बेदुराम भुसालले ललिता निवासको जग्गा प्रकणमा सर्वोच्च अदालतले दिएको आदेश संशयपूर्ण रहेको दाबी गरेका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कृषि तथा पशुपक्षी विकासमन्त्रीसमेत रहेका भुसालले पूर्वप्रधानमन्त्री द्वय माधव नेपाल र बाबुराम भट्टराईमाथि छानविन गर्न दिएको आदेश संशयपूर्ण रहेको दाबी गरेका हुन् ।

उनले वास्तविक विषयलाई मोडेर अदालतले दिएको आदेश स्वभाविक हो कि होइन भन्ने विषयमा प्रश्न उठेको बताए ।

‘न्याय क्षेत्रमा काम गर्ने कानुन व्यवसायीहरूले अदालतको आदेश अस्वाभाविक भएको बताइरहेको बेला हामीले त्यसलाई संशयको रूपमा लिएका छौ’ उनले भने ।

प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्