सनी देओलको घर लिलाम गर्ने निर्णय फिर्ता


 


बलिउड अभिनेता सनी देओलको जुहूस्थित सनी भिलाको लिलाम गर्ने निर्णय फिर्ता लिइएको छ ।

सोमबार बैंक अफ बरोदाले प्राविधिक कारण देखाउँदै लिलामको सूचना फिर्ता लिएको जनाएको हो। बैंकले सूचना निकालेको २४ घण्टा नबित्दै बैंकले सनीको घर लिलाम हुनबाट रोकको छ।

आइतबार प्रकाशित सूचनामा सनीले २०२२ मा बैंकबाट ५६ करोड भारू ऋण लिएका थिए।

ऋण तिर्न नसकेपछि बैंकले मुम्बईस्थित जुहूमा रहेको देओलको घर २५ अगस्टमा लिलामी हुने बताइएको थियो। यसमा सनीको जमानत उनका बुबा धर्मेन्द्र देओल छन्।

सनी देओलको अफिशियल नाम अजय सिंह देओल हो। उनी सन् २०१९ मा पञ्जाबबाट कांग्रेसका नेता सुनिल जाखन्डलाई हराउँदै भाजपाका सांसद भएका थिए।

यतिबेला सनी देओल अभिनीत फिल्म ‘गदर २’ प्रदर्शन भइरहेको छ। फिल्मले भारतीय बक्स अफिसमा १० दिनमा ३७५ करोड १० लाख भारू कमाएको छ।

प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्