Deshko News
६ आश्विन २०८०, शनिबार

हिमालयन बैंकको ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर



काठमाडौं, भदौ १० । हिमालयन बैंकले कनेक्ट आइपीएरसंगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैकिङ्ग ‘एचआई–एमबी’ एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा एक थान स्मार्टफोन जित्न सक्ने बैंकका प्रेस तथा जन सम्पर्क अधिकृत शितल कोइरालाले जानकारी दिए ।

सो अफर यही भाद्र १ गतेदेखि भाद्र ३१ गतेसम्म लागु हुनेछ । मोबाइल बैकिङ्ग एपबाट फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा लकी ड्र मार्फत् बिजेता छनोट गरिनेछ । उक्त बिजेताको घोषणा हिमालयन बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।

फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले बैंकका ग्राहकहरुलाई फण्ड ट्रान्सफरमा आधारित सेवाहरु लिन थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।

‘एचआई–एमबी’को फण्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विच÷कनेक्ट आईपीएसको च्यानल प्ल्याट्फर्म मार्फत हुने गरेको छ । उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्टर आईपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक नभएको बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७९÷८० मा यस च्यानलमार्फत रु. १ करोड ४७ लाख भन्दा बढी भुक्तानी भइसकेको छ । मोबाइल बंैकिङ्ग मार्फत प्रयोगकर्ताहरुले प्रति कारोबार प्रति दिन रु. दुई लाखको मात्र गर्न सक्नेछन् । हिमालयन बैंकको ‘एचआई–एमबी’ एपमा हाल १ लाख ७० हजार भन्दा बढी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु रहेका छन् ।

प्रकाशित मिति: १० भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News