माछापुच्छ्रे बैंकको ‘८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नेप्सेमा सूचीकृत
काठमाडौँ, २० जेठ । माछापुच्छ्रे बैंक लिमिटेडद्वारा जारी गरिएको ‘८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
बैंकले रु. १०० अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार शेयर निष्कासन गरेको थियो। उक्त शेयरको कुल निष्कासन मूल्य ३ अर्ब रुपैयाँ रहेको छ।
नेप्सेमा सूचीकृत उक्त ‘८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ २०८३ जेठ २० गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि उपलब्ध भएको बैंकले जनाएको छ।
बैंकका अनुसार उक्त अग्राधिकार शेयर २०८२ जेठ १९ गते नेप्सेमा औपचारिक रूपमा सूचीकृत भएको हो।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार







