कर्णालीको कार्यवाहक मुख्यमन्त्रीमा मंगल शाही


 


सुर्खेत, भदौ १ । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाहीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

मुख्यमन्त्री राजकुमार शर्मा स्वीट्जरल्याण्ड भ्रमणमा गएपछि प्रदेश प्रमुख तिलक परियारले शाहीलाई कार्यवाहक मुख्यमन्त्री तोकेका हुन्।

मुख्यमन्त्री शर्मा सेप्टेम्बर १ र २ गतेका लागि स्वीट्जरल्याण्ड भ्रमण गएका छन्। उनी एक सातासम्मका लागि विदेश भ्रमणमा रहने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्