काठमाडौंमा दिनदहाडै ५ लाख नगद चोरी


 


काठमाडौं, भदौ १९ । काठमाडौं–१६ माछापोखरीस्थित कुमारीस्थानबाट दिनदहाडै ५ लाख रुपैयाँ नगद चोरी भएको छ ।

बिहान करिब ९ बजेको समयमा मूल सडकबाटै खुद्रा व्यापारी दिनेशकुमार श्रेष्ठको ५ लाख रुपैयाँ नगद, चेक र कागजपत्र सहितको झोला चोरिएको हो । सडकमा रोकी राखिएको गाडी भित्रबाट झोला चोरिएको श्रेष्ठले बताए । बैंकमा रकम जग्मा गर्न जान लाग्दै गर्दा रकम चोरी भएको श्रेष्ठको दाबी छ ।

‘गाडीमा झोला राखेर पसलतर्फ फर्किंदा नगदसहितको झोला चोरी भएको उनको भनाई छ । श्रेष्ठले झोलामा ५ लाख जति नगद, पसलका कागजपत्र र केही चेकहरु रहेका बताएका छन् ।

चोरी गर्ने व्यक्ति नजिकैको सीसी टिभीमा कैद भएको भन्दै उनले त्यो पनि सार्वजनिक गरेका छन् । सार्वजनिक भएको सीसी टिभी फुटेजमा कालो ट्राउजर र फिक्का हरियो टिसर्ट लगाएका युवाले गाडीबाट झोला झिकेको देखिन्छ ।

घटनाबारे महानगरीय प्रहरी कार्यालय बालाजुलाई जानकारी गराइएको पीडित श्रेष्ठले बताए ।

प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्