प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्नेविरुद्ध ज्यानमार्ने उद्योगकाे अभियोग


 


जापान, भदौ २० । जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ ।

गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्रीमाथि विष्फोटक पदार्थयुक्त उपकरणले आक्रमण गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध हत्या अभियोग लगाइएको हो ।

यद्यपि प्रधानमन्त्रीमाथि कुनै क्षति हुन पाएन । आक्रमणकारीलाई तत्काल पक्राउ गरिएको थियो ।

पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको एक वर्ष पनि नपुग्दै प्रधानमन्त्री किसिदामाथि आक्रमण भएको थियो ।

प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्