नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित


 


काठमाडौं, भदौ २१ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा परेकाहरुले थुनामुक्त हुन उच्च अदालत पाटनमा दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।

कानून व्यवसायीहरुको निवेदनका आधारमा थुनामा परेका आरोपितहरुको सुनुवाइ स्थगित भएको हो ।

आरोपितहरुले दिएको निवेदन न्यायाधीशहरु सुभाष पौडेल र दीपेन्द्र अधिकारीको इजलासमा परेको थियो ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएर जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा परेका १६ जना नै त्यो आदेश बदर हुनुपर्ने माग राखी उच्च अदालत गएका थिए ।

छरौटीमा छुटेका दुई जनालाई थुनामा राख्नुपर्ने भनी सरकारी वकिलको कार्यालयले पनि निवेदन दिएको छ ।

सो निवेदन पनि आज सुनुवाइ नभएको उच्च अदालतले जनाएको छ ।

प्रकाशित मिति: २१ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्