Deshko News
६ आश्विन २०८०, शनिबार

बलात्कार आरोपमा अमेरिकी अभिनेतालाई ३० वर्ष जेल सजाय



एजेन्सी । दुई महिलालाई बलात्कार गरेको आरोपमा अमेरिकी अभिनेता ड्यानी मास्टरसनलाई ३० वर्षको जेल सजाय सुनाइएको छ ।

मास्टरसनलाई सन् २००३ मा महिलालाई बलात्कार गरेको तीनवटा छुट्टाछुट्टै मुद्दामा अभियोग लगाइएको थियो। लस एन्जलिसको अदालतमा बुधबार भएको सुनुवाइमा न्यायाधीशले अभिनेतालाई दुईवटा मुद्दामा दोषी ठहर गरेको हो ।

चर्च अफ साइन्टोलोजीका पूर्व सदस्य रहेका तीन महिलाले मास्टरसनमाथि सन् २००१ र २००३ बीच आफ्नो हलिउड हिल्सको घरमा बलात्कार गरेको आरोप लगाएका थिए ।

यसअघि जुन २०२३ मा यस मुद्दाको सुनुवाइपछि प्रहरीले ड्यानी मास्टरसनलाई हिरासतमा लिएको थियो।

२०११ मा ड्यानीले अभिनेत्री र मोडेल बिजोउ फिलिप्ससँग विवाह गरेका थिए ।

प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News