सुन तस्करी प्रकरण : भन्सार अधिकृत र दुई जना नासु पक्राउ


 


काठमाडौं, भदौ २३ । ६० किलो सुन प्रकरणमा एक भन्दा अधिकृत र दुई नासुसहित तीन जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी र नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।

उनका अनुसार उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। उनीहरूको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको डिआइजी कडायतले बताए। योसँगै ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ।

गत साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।

प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्