Deshko News
१८ आश्विन २०८०, बिहिबार

फिल्म ‘एक भगवत् गीता’ विवाद : शीर्षक फेर्ने सहमति



काठमाडौं, भदौ २४ । फिल्म ‘एक भगवत् गीता’को विवाद टुंगिएको छ । फिल्मको शीर्षक परिवर्तन गर्ने सहमतिसँगै विवाद टुंगिएको हो ।

चलचित्र विकास बोर्डको मध्यस्थतामा भएको यो सहमतिमा निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघ–संगठनले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार अब फिल्मको नाम ‘एक भागवत् र एक गीता (सामाजिक कथा) तय भएको छ । विवाद टुंगिएसँगै यो फिल्म अब सेन्सरको प्रक्रियामा अघि बढ्ने निर्माता थापाले जानकारी दिए ।

भदौ २९ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मको शीर्षक र चरित्र चित्रणलाई लिएर केही धार्मिक संस्थाले आपत्ति जनाएका थिए । उक्त आपत्तिपछि बोर्डले सेन्सर सिफारिस रोकेको थियो ।

प्रकाशित मिति: २४ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News