Deshko News
६ आश्विन २०८०, शनिबार

नेपाल टेलिकमकाे ‘तीजकाे लहर टिकटक च्यालेन्ज’, विजेतालाई आकर्षक पुरस्कार



काठमाडौं, भदौ २५ । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ ।

नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ । हिजो (आइतबार) देखि प्रारम्भ भएको प्रतियोगिता आगामी असोज ७ गतेसम्म सञ्चालन हुनेछ । सो अवधिसम्म यसमा सहभागिता जनाउन सकिने टेलिकमले जनाएको छ ।

विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ । यस अनुसार सो च्यालेन्जमापहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् । त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई रु. ५०० को टप अपप्रदानगरिने छ ।

नेपालीमहिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँगजोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए । यसबाट तीजपर्व थप मनोरञ्जक बन्ने कम्पनीको अपेक्षा छ ।

प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News