Deshko News
६ आश्विन २०८०, शनिबार

यस वर्षको ‘मिस वर्ल्ड’को फिनाले दिल्लीमा हुने



काठमाडौं, भदौं २८ । विश्व सुन्दरी प्रतियोगिता २०२३ को फिनाले भारतको राजधानी नयाँ दिल्लीमा हुने भएको छ ।

प्रतियोगिता आगामी मंसिर ३० गते (डिसेम्बर १६) मा हुने द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले दिल्लीमा प्रतियोगिता हुने निश्चित भएको जानकारी दिए ।

विवरणअनुसार २७ वर्षपछि भारतमा मिस वर्ल्ड आयोजना हुन लागेको हो ।

७१ औं संस्करणमा मिस नेपाल वर्ल्ड–२०२२ प्रियंकारानी जोशीले मुलुकको प्रतिनिधित्व गर्दैछिन् । अहिले उनी यसका लागि तयारीमा जुटेकी छन् ।

नेपालले ब्युटी विथ पर्पस र मल्टिमिडिया लगायतका फास्ट ट्रयाक विधामा दाबेदारी पेश गर्ने तयारी गरिरहेको छ ।

प्रियंकाले पनि सोहीअनुसार आफू यी फास्ट–ट्रयाक विधामा जित निकाल्ने रणनीतिमा लागेको बताएकी छन् ।

प्रकाशित मिति: २८ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News