Deshko News
६ आश्विन २०८०, शनिबार

अस्कर अवार्डका लागि नेपालबाट ‘हल्कारा’ सिफारिस



काठमाडौं, असोज १ । अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९६औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’ सिफारिस गर्ने निर्णय गरेको छ ।

समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०८० असोज २९ गतेभित्र फिल्म बुझाउन आग्रह गरेको थियो । सोही सूचना अनुसार नेपालबाट चलचित्रहरु डाकिनी, हल्कारा, नीरफूल, बुलाकी र बगानले सहभागिताका लागि आवेदन दिएका थिए ।

समितिले प्राप्त फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘हल्कारा’लाई सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News