जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारबाही हुन्छ : मन्त्री पण्डित


 


खोटाङ जेठ ३२

सामान्य प्रशासनमन्त्री लालबाबुpandit पण्डितले तोकिएको जिम्मेवारी पूरा नगर्ने सरकारी कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्। सोमबार खोटाङको हलेसी दर्शन गर्न आएकाबेलामा एमालेले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले सरकारको तलव खाएर पाएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई खोजी–खोजी कारबाहीको दायरामा ल्याउने बताएका हुन्।

मन्त्री पण्डितले जिल्लामा तोकिएको काम नगर्ने सरकारी कर्मचारीलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटालाई निर्देशन दिएका छन्। जिम्मेवारी पूरा गर्न अटेर गर्ने कर्मचारीको बिषयमा आफुलाई फोनबाटै जानकारी दिन पनि उनले आग्रह गरे।

कार्यक्रममा सामान्य प्रशासन मन्त्री पण्डितले दोहोरो नागरिकता लिने नेपालीलाई तुरुन्त त्यस्ता नागरिकता त्याग्न चेतावनी दिए। ‘की उताको नागरिकता त्याग्नुस, र आएर आफ्नो मुलुक बनाउनतिर लाग्नुस,’ मन्त्री पण्डितले भने, ‘होइन भने यताको नागरिकता त्यागेर उतै ढुक्कले बस्नुस्।’ दोहोरो नागरिकता लिने प्रबृत्तिलाई अन्त्या गर्न ढृडताकासाथ लागी परेको बताउँदै मन्त्री पण्डितले कार्यान्वयन गरेरै छाड्ने उल्लेख गरे।

तस्बिर : वसिम अालमको फेसबुकबाट

प्रकाशित मिति: ३२ जेष्ठ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्