महालक्ष्मी विकास बैंकद्वारा आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग


 


काठमाडौं, कार्तिक १६ । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्किड गार्डेन नेपाल परियोजनालाई सफल बनाउन राउण्ड टेबल नेपालसँग समन्वय गरी आर्थिक सहयोग प्रदान गरिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पिछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने मुख्य उद्देश्यले स्थापित आर्किड गार्डेनलाई उक्त आर्थिक सहयोग गरेको हो ।

विगत १७ वर्षदेखि पिछडिएका बालबालिकाहरुलाई दिवा स्याहार तथा शिक्षा प्रदान गरिरहेको बाल विद्यालयको अवस्था सुधार गरी बालबालिकाको पठनपाठनमा सहजता पुर्यारउने उद्देश्यले बैंकले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।

६ महिनादेखि ९ वर्षसम्मका १५० जना बालबालिकाहरुलाई दिवा स्याहार सेवा तथा शिक्षा प्रदान गरिरहेको विद्यालयले सुधार पश्चात करिब २०० जना बालबालिकालाई सेवा प्रदान गर्ने सामथ्र्य राख्दछ ।

आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ ।

विद्यालय ग्राउन्ड सतह भन्दा करिब ४ फिट तल रहेको, वर्षायाममा कक्षा कोठामा बाढी पस्ने कारणले विद्यालय बन्द गर्नुपर्ने अवस्था छ ।

बैंकले आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ विगत २९ वर्षदेखि सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्