देउवाबाटै प्रचण्ड अप्ठ्यारोमा



काठमाडौं, मंसिर २९
संविधान संशोधन विधेयक थाती राखेर निर्वाचन घोषणा गर्ने सोचाइमा रहेका प्रधानमन्त्री प्रचण्डलाई सत्ता गठबन्धनको प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवाले अप्ठ्यारो पारिदिएका छन्। बालुवाटारमा मंगलबार भएको छलफलमा देउवा संशोधन विधेयकलाई मतदान प्रक्रियामा लैजानुपर्ने अडानमा रहेपछि प्रचण्ड अप्ठ्यारोमा परेका हुन् ।
प्रचण्ड विधेयकलाई थाती राखेर एमाले अध्यक्ष केपी ओलीकै प्रस्तावअनुसार निर्वाचनसम्बन्धी विधेयक ससद्मा ल्याएर निर्वाचन मिति घोषणा गर्न पक्षमा उभिएका बेला गठबन्धनकै नेता देउवाबाट फरक मत आएपछि नयाँ संकट जन्मिएको हो।
ओलीले दाहाललाई संशोधन विधेयक थाती राखेर निर्वाचनसम्बन्धी विधेयक सदनमा ल्याए आफूहरुले पूर्ण सहयोग गर्ने आश्वासन दिँदै आएका छन्। ‘ संशोधन विधेयकलाई संसदमा मतदान प्रक्रियामा लैजादा एमालेलाई के आपत्ति हुन्छरु ओलीजीले पहिले पनि सहमति जनाएकै विषय त छन्, संशोधन विधेयकमा। त्यसपछि निर्वाचनमा जाऊँ,’ देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो। बैठकमा ओलीले संशोधन विधेयक फिर्ता लिएर मुलुकलाई निर्वाचनमा लैजानुपर्ने अडान राखेका थिए। आजको अन्नपुर्ण दैनिकमा सामाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News