एनएमबी बैंकको नाफा ६ प्रतिशतले बढ्यो, कति कमायाे ?


 


काठमाडौं, कात्तिक १७ । एनएमबी बैंकको खुद नाफा ६ प्रतिशतले बढेको छ ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार ९६ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

बैंकले गत वर्षको सो अवधिमा ९० करोड ४१ लाख रुपैयाँ कमाएको थियो । बैंकले २ अर्ब २२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ८ प्रतिशत बढी हो ।

बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९८ पैसा छ, यसअघि यस्तो आम्दानी १९ रुपैयाँ ६९ पैसा थियो । समीक्षा अवधिमा बैंकको निश्क्रिय कर्जा भने १।९ प्रतिशतबाट बढेर २।८४ प्रतिशत पुगेको छ ।

बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६।३९ प्रतिशत छ । बैंकको आधार दर १०।१५ बाट घटेर ९।८५ प्रतिशतमा झरेको छ ।

बैंकको मुख्य बिजनेस (कर्जा प्रवाह) सामान्य बढेर १ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको यस अवधिमा यस्तो कर्जा १ खर्ब ८९ अर्ब रुपैयाँ थियो ।

प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्