संविधान कार्यान्वयन भएन भने राजनीतिक उपलब्धि पनि गुम्छ -गच्छदार


 


विराटनगर, मंसिर २९

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय मुद्दाका विषयमा मुख्य तीन दलबीच सहमति आवश्यक रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले मुलुकको गतिरोधलाई अन्त्य गर्नका लागि तीन दलबीच सहमति भएपछि असन्तुष्ट पक्षसँग सहमति गरेर संविधान कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने विषयमा जोड दिएका थिए  ।

उनलेले संविधान कार्यान्वयन भएन भने राजनीतिक उपलब्धि पनि गुम्ने भएकाले सीमाङ्कनलगायतका विषयमा संविधान संशोधन गरी स्थानीय निकायको निर्वाचनमा जानुपर्ने आवश्यकता औंल्याए ।

उनले संविधान जारी हुनु अगावैदेखि मुख्य तीन दलको प्रष्ट धारणा नआएको र यतिखेर पनि यी दलहरुले दोहोरो भूमिका खेलिरहेको आरोप लगाए ।

 

 

प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्